Fri. Apr 19th, 2024

स्वाधिनताको रक्षा पहिलो प्राथमिकता : महरा

काठमाडौं, २०७६ फागुण ५ गते सोमबार

अदालतबाट सफाइ पाउनु भएको पूर्व सभामुख कृष्णबहादुर महराले स्वाधिनताको रक्षा सधैं आफ्नो प्राथमिकता रहेको बताउनु भएको छ ।
आज रिहा भए पछि जारी वक्तव्यमा महराले भन्नु भएको छ, “एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहि रहनेछ ।”

उहाँले वक्तव्यमा भन्नु भएको छ, “अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछ ु। ”

त्यस्तै वक्तव्यमा अगाडि भनिएको छ, “यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरू र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।”

“ म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छ ु। ”

Facebook Comments