Mon. Feb 17th, 2025

अमेरिकी मिडियाद्बारा हु पैका नेतालाई प्रतिस्थापन गरिएको बारे चिनियाँ राजदुतको जवाफ

काठमाडौं, २०७६ फागुण ३ गते शनिबार

अमेरिकाका लागि चिनियाँ राजदुत छ्वै थेन खाइले फेब्रुअरी १३ तारिख अमेरिकी राष्ट्रिय सार्वजनिक रेडियो एनपीआर अन्तर्गत “मर्निङ एडिशन” कार्यक्रमका सञ्चालक स्टिभ इस्किभलाई अन्तर्वार्ता दिनुभएको छ। सीआरआई नेपाली विभागका अनुसार अन्तर्वार्ताका क्रममा उहाँले चीनले एनसीपीको प्रतिरोध गर्ने अवस्था तथा चीन-अमेरिका सम्बन्ध आदि विषयबारे सञ्चालकद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।

एनसीपी चीनको मात्र नभई समस्त अन्तर्राष्ट्रिय समाजका लागि एउटा ठूलो चुनौती रहेको छ। हाल चीनले सक्दो प्रयासमार्फत रोगको निवारण र नियन्त्रण गर्दै बिरामीलाई उपचार गरी त्यस रोगबाट आर्थिक र समाजिक गतिबिधिलाई ल्याउने असरलाई घटाउन प्रयास गरिरहेको जानकारी राजदुत छ्वैले दिनुभएको छ।

अन्तर्वार्ताको क्रममा सञ्चालिकले हु पैका नेतालाई किन प्रतिस्थापन गरिएको भन्ने प्रश्न उठाउँदा राजुत छ्वैले अहिले सरकारले चलाएका सबै कारवाहीको एउटै उद्देश्य रहेको कुरा औँल्याउनुभएको छ। त्यो उद्देश्य के छ भने जनताको आह्वान अनुकूल हुनुपर्ने र जनताको चाहनालाई पूरा पार्नुपर्ने नै हो। उहाँले भन्नुभयो: यस्तो विशेष अवस्थामा अवश्य नै क्षमता सहित मान्छेलाई अझ बोझिलो कार्यभार थपिदिनुपर्छ।

Facebook Comments