Sat. Apr 20th, 2024

१३ औं सागको तयारीः पोखरा फुटबल मैदानमा ६३ लाखको दुबो

काठमाडौं, २०७६ कात्तिक १ गते शुक्रबार ।

पोखरा : पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणको काम भइरहेको छ । नेपालमा मंसिर १५ गते देखि २४ गते सम्म हुने १३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिता हुने कार्यक्रम छ । यसैको तयारीका क्रममा यहाँ अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानसहित फुटबल स्टेडियम निर्माणको काम भइरहेको छ ।

९० हजार स्क्वायरफीटमा धुवो बिछ्याउदा त्यती लागत लाग्ने उनले जानकारी दिए । बरमुडा दुबो ढुवानीसहित प्रतिस्क्वायर ६० देखि ७० रुपौयाँ लागत लाग्ने उनले बताए । नेपालमा यस प्रजातीको दुबो नपाइने र यति धेरै मात्रामा पनि नपाइएकोले भारतबाट दुबो ल्याउनु परेको प्रोजेक्ट मेनेजर इन्जिनियर बरालले बताए ।

स्टेडियम निर्माणका लागि फ्रान्सबाट स्टील मोडुलर ग्रयाण्डस्ट्यान अडर गरेर आउने क्रममा रहेको छ । प्याराफिट निर्माणका लागि ल्याइने फ्रेम पोखरा आइपुगेपछि धमाधम फीट गरिने पनि उनले सुनाए । स्टेडियमको ट्याकका लागि जर्मनबाट सेन्थेतिक सामान अउँदै गरेको पनि उनले जानकारी दिए । सार्क खेलकुललाई लक्षित गरेर पहिलो चरणमा दश हजार सिट क्षमताको फुटबल स्टेडियम तयार भइसक्ने इन्जिनियर बरालले बताए ।

बाँकी सम्पूर्ण काम सार्क खेलकुद सकिए लगतैसुरु भएर अंग्रेजी महिनाको फेब्रेवरी भित्र स्टेडियम हस्तान्तरण गर्ने गरि काम अघि बढिरहेको उनले जाकारी दिए । प्याराफिटका सम्पूर्ण सामाग्री फ्रान्सबाट छिट्टै नै आउने उनले बताए । अहिले फाउण्डेसनको काम भइरहेको छ । सामाग्री आएलगत्तै फिट गर्न समय नलाग्ने उनले सुनाए । अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम १ अर्ब २८ करोड २२ लाख १८ हजार १ सय ७४ रुपौयाँ बजेटमा बन्दै गरेको हो । फुटबल स्टेडियम १६ हजार ५ सय क्षमताको हुने छ । एक्सपानसन गरेर १८ हजार १ सय ५० दर्शकसम्म बस्न सक्ने क्षमताको बनाउन मिल्ने इन्जिनियर बरालले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्षलगायत रहने छ । फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनु पर्ने छ । स्टेडियमलाई आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले बोर्डसमेत हुने छ । स्टेडियममा टेलिभिजनका ठूला स्क्रिनसमेत जडान गरिने छ । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदकालागि निमार्ण गरिएको फुटवल स्टेडियम जिर्ण भएपछि नयाँ अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न लागिएको हो । अन्नपूर्ण पोष्ट अनलाईनबाट ।

Facebook Comments