Fri. Sep 20th, 2024

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी   

काठमाण्डौं, २०७९ पुस ५ गते मंगलबार । नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा मङ्गलबार उम्मेदवारी दर्ता गर्नुहुँदै नेका महामन्त्री गगनकुमार थापा । तस्बिरः रोशन सापकोटा, रासस

सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ ।

प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवा सिंहदरबारमा मङ्गलबार नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी दर्ता गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा, रासस

त्यस्तै महामन्त्री थापाको प्रस्तावक डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।

Facebook Comments