Fri. Sep 20th, 2024

धनराज गुरुङ स्याङ्जाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

स्याङ्जा, २०७९ मंसिर १७ गते शनिबार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित हुनुभएको हो । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गर्नुभएको हो। गुरुङ ३१ हजार ४ सय ६६ मत प्राप्त गरि निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएका टीकराज गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments