Sun. May 19th, 2024

देशभरका किसानहरूलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

काठमाण्डौं, २०७९ मंसिर १६ गते शुक्रबार । मंसिर भन्नासाथ अन्न भित्र्याउने महिना भनेर नेपाली समाजमा चिनिन्छ । नेपालीको प्रमुख अन्नबाली धान हो । धान भित्र्याउने महिना मंसिरको महिमा नेपाली समाजमा ठूलो छ । अहिले मंसिर महिनाको मध्य चलिरहँदा देशभरका किसानहरू धानबाली भित्र्याउन व्यस्त रहेका छन् । धान भित्र्याइएका केही तस्वीरहरू :

सुर्खेतको वीरेन्द्रनगर-९, पर्सेनीका किसान खेतमा धान बताउँदै । भित्र्याउने क्रममै धान र भुस खेतमा छुट्याएर लैजाँदा आफूलाई सहज हुने किसान बताउँछन् । तस्बिर : सुरेश आचार्य/रासस

महोत्तरीको एकडारा गाउँपालिकास्थित खेतमा थ्रेसरको सहायताले धान झार्दै किसान । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

डोटीको शिखरनगरपालिका-५ पचनालीका किसानहरुले आ-आफ्नो खेतमा बनाएका परालका कुन्यू (मचान) । तस्बिर : मीन ठकुरी/रासस

Facebook Comments