Fri. Jun 12th, 2026

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला   

       

बनियानी, २०७९ मंसिर ११ गते आईतबार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिनुभएको छ ।

झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताउनुभयो । “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ”, उहाँले भन्नुभयो, “जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।”

रासस का अनुसार मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेको उहाँको भनाइ छ । “पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न सकिँदैन”, उहाँले भन्नुभयो, “यसतर्फ पनि सोच्ने बेला आएको छ ।”

निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएकाले आफू राजनीतिमा सक्रिय रहने समेत उहाँले स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको अन्तिम परिणामसँगै सत्ता गठबन्धनले आगामी पाँच वर्ष प्रतिगमनविरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read