Sat. Sep 21st, 2024

मतदान गर्न अध्यक्ष दाहाल चितवनमा   

भरतपुर, २०७९ मंसिर ३ गते शनिबार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुग्नुभएको हो ।

उहाँले चितवन क्षेत्र नं ३ बाट मतदान गर्नुहुनेछ । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उहाँले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको अधिकारीले बताउनुभयो । अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ ।

Facebook Comments