Sat. Nov 16th, 2024

ब्राजिलको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति लुला विजयी

ब्राजिलिया, २०७९ कात्तिक १४ गते सोमबार ।  ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा आइतवारको दोस्रो चरणको राष्ट्रपति चुनावमा विजयी हुनु भएको छ । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको चार वर्षको कार्यकाल जनवरी १, २०२३ मा सकिने छ ।

सुपीरियर इलेक्टोरल ट्रिब्युनलले जारी गरेको तथ्याङ्क अनुसार वर्कर्स पार्टीका नेता लुला दा सिल्भाले ५ करोड ९८ लाख भोट अर्थात् ५०.८६ प्रतिशत मत प्राप्त गर्नु भएको छ, जसले लिबरल पार्टी (पीएल) का वर्तमान राष्ट्रपति बोल्सोनारोले ५ करोड ७८ लाख  अर्थात् ४९.१४ प्रतिशत मत प्राप्त गर्नु भएको छ । ब्राजिलको इतिहासमा दोस्रो चरणको राष्ट्रपति चुनावमा यो सबैभन्दा थोरै भिन्नता हो ।

अक्टोबर २ मा भएको पहिलो चरणमा बोल्सोनारोले प्राप्त गरेको ४३.२ प्रतिशत मतको तुलनामा लुलाले ४८.३ प्रतिशत मत प्राप्त गर्नु भएको थियो ।

वर्कर्स पार्टीका ६८ वर्षीय पूर्वराष्ट्रपति लुलाले आफ्नो अभियानलाई सामाजिक मुद्दाहरूमा केन्द्रित हुनुभएको छ । उहाँले  न्यूनतम पारिश्रमिक वृद्धि, राज्य-स्वामित्वका कम्पनीहरूलाई सुदृढ गर्ने र भोक र गरिबी विरुद्ध विभिन्न प्रयासहरू गर्ने वाचा गर्नुभएको छ । एजेन्सी

Facebook Comments