Sun. May 19th, 2024

डेंगु संक्रमितको संख्या ३७ हजार नाघ्यो

भिओके समाचार, काठमाण्डौं, २०७९ असोज २७ गते बिहीबार । २०७९ साउनदेखि आजसम्म ३७ हजार १३१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार ३३ हजार ९७५ रहेको संक्रमितको संख्या २ दिनपछि ३७ हजार बढी पुगेको छ । मन्त्रालयले देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिएको छ ।

Facebook Comments