Sun. May 19th, 2024

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

भिओके समाचार, काठमाण्डौं, २०७९ असोज २७ गते बिहीबार । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल ६२२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments