Sat. Oct 19th, 2024

दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित   

जुबा, २०७९ असोज २७ गते बिहीबार । दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ ।

देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ ।

“बाढीले देशका विभिन्न ठाउँमा धेरै क्षति पु-याएको छ, बाढीका कारण सडक, पुल, भत्किएका छन् भने नीजि निवास तथा विद्यालय भवनहरु क्षतिग्रस्त भएका छन्,” प्रतिवेदनमा लेखिएको छ ।

बाढीले भौतिक संरचनाहरुमा क्षति पुर्याएपछि यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका आधारभूत सेवा पनि प्रभावित भएका छन् ।

युनिटी प्रदेशका रुब्कोना र बेन्तीयु सहरमा पानीको सतह बढेर ढुवान भएकाले थप समस्या उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण हजारौँ मानिस विस्थापित समेत भएका छन् भने उनीहरूलाई विभिन्न अस्थायी शिविरहरुमा स्थानान्तरण गरिएको छ । रासस/सिन्ह्वा

Facebook Comments