Sat. Oct 19th, 2024

प्रधानसेनापतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट   

काठमाण्डौं, २०७९ असोज २५ गते मंगलबार । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहले बिदाइ भेट गर्नुभएको छ ।

राजदूत शाह नेपालमा आफ्नो कार्यकाल समापन गरी केही दिनपछि स्वदेश फर्कंदै हुनुहुन्छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक पूरा गरेकामा उहाँलाई बधाइ दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Facebook Comments