Sun. Oct 20th, 2024

पम्फा भुसालद्वारा ललितपुर ३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता

फाइल फोटो

काठमाण्डौं, २०७९ असोज २३ गते आईतबार । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आईतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगि उहाँले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । उहाँ नेवारी झाँकीसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधानको कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताउनु भयो ।

आफ्नो चुनावी एजेण्डा संविधानको कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको भुसालले बताउनु भयो ।

Facebook Comments