Sun. May 19th, 2024

डेंगु संक्रमितको संख्या ३२ हजारभन्दा बढी, ४२ जनाको मृत्यु

काठमाण्डौं, २०७९ असोज २३ गते आईतबार । हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या ३२ हजार ८ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर ३२ हजार ८ सय ९० जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

त्यस्तै डेंगु संक्रमणबाट हालसम्म ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Facebook Comments