Tue. May 14th, 2024

रिहा भएलगत्तै माइला लामासहित ४ नेता पुनः गिरफ्तार, अदालतको गेटबाटै तीनजना पत्रकार पनि गिरफ्तार

काठमाडौं, २०७६ माघ १९ गते आईतबार

चर्चीत जनवादी गायक तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामालाई प्रहरीले रिहा भए लगत्तै पुनः गिरफ्तार गरेको छ । नेता लामा उच्च अदालत पाटनको आदेशमा आइतबार रिहा भएका थिए। लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडौं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा हुनु भएको थियो। तर बसैलाई प्रहरीले पुनः गिरफ्तार गर्यो ।

थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले रिहा गर्दै आदेश दिएको हो । तर अदालत परिसरबाटै उनीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । यसैबीच फोटो खिच्न पुगेका पत्रकारहरुलाई समेत प्रहरिले गिरफ्तार गरेको छ । नेकपा नेताहरु रिहा हुने भएपछि रिपोर्टिङ गर्न थुप्रै पत्रकारहरु पाटन उच्च अदालत पुगेका थिए ।

त्यसमध्ये अथक मासिकका प्रकाशक तथा प्रधानसम्पादक खम्बु चन्द, अनलाइन डबली डटकमका सम्पादक पत्रकार धनन्जय बुढा र रेडियो मिर्मिरेका पत्रकार शाहस भट्टलाई समेत प्रहरीले गिरफ्तार गरेको छ । त्यस्तै खेलाडी पुरुश्वोत्तम बुढाथोकी र विद्यार्थी राजन लाई पनि प्रहरीले सोही स्थानबाट बिनाकारण गिरफ्तार गरेको छ ।

ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै लामासहित नेकपा नेताहरूलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । त्यस्तै जिल्ला अदालतले राज्य विरुद्धको अपराध समेत ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । उनीहरुलाई विभिन्न समयमा प्र’हरीले गि’र’फ्तार गरेर हि’रा’सतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु कारागारा चलान गरेको थियो । प्राप्त समाचार अनुसार गिरफ्तार गरिएका पत्रकारहरुलाई आईतबार वेलुकी नै रिहा गरिएको डबली न्यूजका सम्पादक धनन्जय बुढाले जानकारी दिनुभयो ।

Facebook Comments