Sun. May 19th, 2024

डेंगू सङ्क्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाण्डौं, २०७९ असोज १२ गते बुधबार । डेंगू सङ्क्रमणबाट आज एकैदिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशको ७६ जिल्लामा फैलिइसकेको डेंगू संक्रमण कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

श्रावणदेखि हालसम्म मात्रै देशभर २७ हजार ५ सय ६९ जनामा डेंगू संक्रमण भएको र सबैभन्दा बढी बाग्मती प्रदेशमा २१ हजार ५ सय ८९ जना संक्रमित भएका छन् ।

रेडियो नेपालका अनुसार संक्रमण नियन्त्रण तथा रोकथामका लागि इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ३९ स्थानीय तह र ६० जिल्ला तथा ७ वटै प्रदेशमा खोज र नष्ट अभियान सञ्चालनका लागि कार्य अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

Facebook Comments