Mon. May 6th, 2024

नेकपा केन्द्रीय समिति बैठकमा ओली र प्रचण्डको राजनीतिक प्रतिवेदन यस्तो

काठमाडौं, २०७६ माघ १५ गते बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको छ। अध्यक्षद्वयको तर्फबाट प्रचण्डले बैठकमा प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनमा महाधिवेशनको मिति, पार्टी गुटबन्धी, संगठन सुधार, कमजोरीका विषयलगायत विषय समेटिएका छन्।

प्रतिवेदनमा एकता महाधिवेशन ०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा ०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन गर्ने उल्लेख छ।

पूर्व–एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि पहिलो पटक नेकपा केन्द्रीय समितिमा बुधबारदेखि एजेन्डागत छलफल सुरु गरेको हो। उद्घाटन सत्रको कार्यक्रम बुधबार सकिएको छ।

आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी छन्। सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन गरिएको छ। एउटा समूहमा २९ नेता रहनेछन्। यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडामा छलफल गर्नेछन्।

बैठकमा बुधबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो भने अर्का  अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभयो। महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नुभयो। अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments