Sat. Jul 27th, 2024

‘टीकापुर घटना राजनीतिक हो’-मन्त्री योगेश भट्टराई

काठमाडौं, २०७६ माघ १५ गते बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएको बताउनु भएको छ। सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताउनु भएको हो।

‘२०७२ मा भएको टीकापुर घटना राजनीतिक घटना नै हो’ भट्टराईले भन्नु भयो ‘त्यसमा केही तत्वले खेलेको हुनसक्छ।’  ‘विगतका तिता कुरा बिर्सनुपर्ने बेला आएको छ’ उहाले भन्नुभयो–‘परिवर्तनका लागि ज्यान गुमाउनेका परिवारलाई पीडा होला। सरकार पीडित परिवारको भावनाप्रति संवेदनशील छ।’

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार मन्त्री भट्टराईले हाल बन्द अवस्थामा रहेको टीकापुर हवाईमैदान पुर्नसञ्चालनका लागि अध्ययन गर्न तत्काल प्राविधिक टोली पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। ‘टीकापुर हवाई मैदान सञ्चालनका लागि हामी तत्काल प्राविधिक टोली पठाएर सञ्चालनको प्रक्रियामा जानेछौं’ मन्त्री भट्टराईले भन्नुभयो।

टीकापुर महोत्सव २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।

Facebook Comments