Sat. Oct 19th, 2024

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त   

बेलायती दिवंगत महारानीलाई शोक व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवा

काठमाण्डौं, २०७९ भदौं २५ गते शनिबार । प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज दूतावास पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो । रासस

Facebook Comments