Sun. Jun 7th, 2026

एमालेले गठन गर्‍यो निर्वाचन परिचालन कमिटी

       

काठमाण्डौं, २०७९ भदौं १२ गते आईतबार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठन गरिएको कमिटी ४ सय ५१ सदस्यीय रहेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतवार बसेको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ। कमिटीको सचिवमा एमाले महासचिव विष्णु रिमाल चयन भएको एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हासिल गर्ने अठोट लिनुपर्ने धारणा आइतवारको बैठकमा ओलीले राख्नु भएको थियो ।

Facebook Comments