Sat. Oct 19th, 2024

खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाण्डौं, २०७९ साउन १५ गते आइतबार । खोटाङको मात्तिमबिर्ता क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार खोटाङमा १० सेकेण्डसम्मको भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

भूकम्पको धक्का खोटाङ, ओखलढुङा, उदयपुर, सुनसरी, मोरंग, भोजपुर र काठमाडौं उपत्यकासम्म महसुस गरिएको छ ।

Facebook Comments