Wed. Apr 29th, 2026

अफगानिस्तानको पूर्वी क्षेत्रमा ३ जना आईएस लडाकु मारिए   

साँकेतिक फोटो

       

मेहतारलाम २०७९ साउन १४ गते शनिबार । अफगानिस्तानको पूर्वी लाघमान प्रान्तमा सुरक्षा बलको आक्रमणमा कम्तीमा तीन इस्लामिक स्टेट (आईएस) लडाकूलाई मारिएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

अफगान सुरक्षा बलले बिहीबार राति प्रान्तको अलिङ्गर जिल्लाको कुण्डा गुल क्षेत्रमा आईएस लडाकूहरूको समूहलाई लक्षित गरी आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता सलाहुद्दीन जाहिदले सिन्ह्वालाई बताएका छन्। मारिनेमा आइएसका कमाण्डर फिरोज समेत रहेको प्रहरीले जनाएको छ ।

गत हप्ता अफगानिस्तानमा दाएस भनेर चिनिने आइएस समूहसँग सम्बद्ध तीन कट्टरपन्थीहरू मारिएका थिए भने र देशको उत्तरी सामंगन प्रान्तमा विभिन्न किसिमका ४० थान हतियार बरामद गरिएको थियो। रासससिन्ह्वा

Facebook Comments