Sun. Jun 7th, 2026

एङ्गोलामा “लुलो रोज” नामक ठूलो गुलाबी हीरा भेटियो !

       

काठमाण्डौं, २०७९ साउन १३ गते शुक्रबार । मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ। चौतीस ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ।

लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको यो हीरालाई “लुलो रोज” नाम दिइएको छ। यसअघि १ सय ८५ क्यारटको”दरिया-ए-नूर” फेला परेको थियो। त्यसपछि भेटिएको यो नै सबैभन्दा ठूलो हीरा भएको ठानिएको छ।

दरिया-ए-नूर एउटा ठूलो पत्थरबाट काटेर निकालिएको थियो। उक्त हीरा इरानी राजमुकुटमा भएका रत्नमध्ये पर्छ। यस प्रकारका हीरा यसअघि दशौँ लाख डलरमा विक्री भएका थिए। बीबीसी

Facebook Comments