Thu. Dec 26th, 2024

अष्ट्रेलियाको जन्मदर घट्यो

काठमाण्डौं, २०७९ साउन ६ गते शुक्रबार । अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु) ले आज सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ ।

कोभिड-१९ महामारीको पहिलो महिनाको तथ्याङ् प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ । सन् २०२० मा बच्चा जन्माएका आमाहरूको औषत उमेर ३० वर्ष नौ महिना थियो भने सन् २०१० ३० वर्षकै उमेरमा उनीहरूले सन्तानोत्पादन गरेका थिए । अष्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४.१ प्रतिशतको तुलनामा सन् २०२० मा ४.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । रासस/सिह्वा

Facebook Comments