Sat. Oct 19th, 2024

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते   

फुङ्लिङ, २०७९ असार ३१ गते शुक्रबार । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।

रासस का अनुसार मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

Facebook Comments