Sat. Oct 19th, 2024

प्रतिनिधि सभाको उपसभामुखमा भुसाल र भट्टराईको उम्मेदवारी

सांसद पुष्पा भुसाल

काठमाण्डौं, २०७९ असार ३० गते बिहीबार ।  प्रतिनिधि सभामा रिक्त उपसभामुख पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले सांसद पुष्पा भुसाल र नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवर बनाएका छन् । माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्तापछि बोल्दै भुसालले संसदलाई स्वतन्त्र र थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताउनु भयो ।

यसै गरी नेकपा (एमाले)बाट उम्मेदबार बन्नुभएकी सांसद भट्टराईले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल हुनुहुन्छ ।

Facebook Comments