Sat. Oct 19th, 2024

चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त

काठमाण्डौं, २०७९ असार ९ गते बिहीबार ।  जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा श्रेष्ठलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

श्रेष्ठ सत्तारुढ नेकपा माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस हुनुभएको थियो ।

Facebook Comments