Mon. May 6th, 2024

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को अन्तिम परिणाम यस्तो रह्यो

काठमाडौं, २०७६ माघ १० गते शुक्रबार

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय सभा सदस्यमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १८ रिक्त पदमा ४५ जना चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार मध्ये मतगणनाको अन्तिम परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी(राजपा) का उम्मेदवारहरु राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

Facebook Comments