Sat. Oct 19th, 2024

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी   

काठमाण्डौं, २०७९ असार १ गते बुधबार ।  नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बसेको स्थायी कमिटीले अनुमोदन गरेको उहाँले बताउनुभयो । “उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ”, उहाँले भन्नुभयो । यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

रासस का अनुसार पार्टीले निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउनका लागि सबैलाई एक ठाउँमा ल्याउने र अझ परिकृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । उहाँका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद्को बैठक डाँकिएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ । प्रतिवेदनमा परिमार्जन गरेर नयाँ राजनीतिक प्रतिवेदन गरिने र सो प्रतिवेदन केन्द्रीय कमिटीबाट अन्तिम रुप दिइने उहाँले बताउनुभयो । यस्तै बैठकले कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य जना मनोनीत गरेको र पार्टी विरोधी गतिविधि गरेका १२ जनालाई हटाइएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments