Fri. Oct 18th, 2024

अमेरिकी सैनिक जनरल नेपालमा

काठमाण्डौं, २०७९ जेठ २६ गते बिहीबार । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ ।

बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट प्रमुख फ्लिन काठमाण्डौं आइपुग्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली सेनका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको छ ।

त्यस्तै, शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलबीच भेटवार्ता हुँदैछ । प्रधान सेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोजको आयोजना गर्नुभएको छ । गोरखापत्र अनलाईन

 

Facebook Comments