Sat. Jul 27th, 2024

प्रदेश नंं २ मा नेकपा र राजपा गठबन्धनका चार उम्मेदवार विजयी

जनकपुरधाम, २०७६ माघ १० गते शुक्रबार

प्रदेश नंं २ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा तथा राजपाका गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित हुनभएको छ ।

गोरखापत्र अनलाईनका अनुसार महिला तर्फ नेकपा-राजपा गठबन्धनका तुलसा कुमारी दहाल, दलित तर्फ राधेश्याम पासवान, खुल्ला तर्फ मृगेन्द्र कुमार सिंह यादव र अल्पसंख्यक तथा अपाङ्ग तर्फ शेखर कुमार सिंह निर्वाचित हुनु भएको राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय प्रदेश नं.२ का प्रमुख राजु खतिवडाले जानकारी दिनुभयो ।

महिला तर्फका उम्मेदवार दहालले पाँच हजार २०८ मतभार ल्यायी विजयी हुनु भएको छ ।उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेस-समाजवादी गठबन्धनका नगिना यादवले चार हजार ७४० मतभार प्राप्त गर्नु भएको छ । त्यसै गरी दलित तर्फ नेकपा-राजपाका गठबन्धनका उम्मेदवार राधेश्याम पासवान पाँच हजार २९२ मतभार ल्यायी विजयी हुनु भएको छ ।

Facebook Comments