Fri. Oct 18th, 2024

बर्दियामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बर्दिया- बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने कक्षा १२ मा अध्ययनरत १८ बर्षिया नविना थारुको प्रहरीको गोलीबाट मुत्यु भएको हो ।

बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । टाउकोमा गोली लागेको थारुको उपचारको लागि गुलरिया ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नविना थारु

आज विहान मधुवन नगरपालिका-२ छोट्की सोनाहा गाउँकी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयहरुले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए ।

स्थानीयले गुलरिया राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द खुलाउनका लागि गरेपछि प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा गोली चलेको स्थानीय कृष्ण परियारले जनाकारी दिए । गोली लागेर थप एकजना घाइते भएको र नेपालगञ्जमा उपचार भैरहेको स्थानीयको भनाई छ ।

त्यसैगरी प्रहरीका अनुसार आन्दोलनकर्मीको आक्रमणबाट ८ जना प्रहरी घाइते भएका छन् । आन्दोलनकर्मी माथि प्रहरीले दमन गर्न खोजेपछि ओरालीबजार क्षेत्र थप तनावग्रस्त भएको छ ।

केही दिन अघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो ।

वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताउनुभयो ।

खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनु पर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।

Facebook Comments