Thu. Sep 19th, 2024

एक करोड लगानीमा बाख्रापालन   

फाईल फोटो

तनहुँ, २०७९ जेठ २१ गते शनिबार । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका-४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् ।

हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिनुभयो । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताउनुभयो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । रासस

Facebook Comments