Wed. Jun 24th, 2026

नवौं राष्ट्रिय खेलकुद सर्यो

       

काठमाण्डौं, २०७९ जेठ १० गते मंगलबार । नवौं राष्ट्रिय खेलकुदको मिति सारिएको छ । युवा तथा खेलकुद मन्त्रलायले नवौं राष्ट्रिय खेलकुदको मिति सारेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धांरित समयमा नहुने जानकारी गराएको हो । यस्तै मन्त्रालयले गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको नयाँ मिति समेत घोषणा गरेको छ । यस अघी जेठ २२ देखि २८ गतेसम्म पोखरामा आयोजना हुने तय भएको प्रतियोगिता अव असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुनेछ । मन्त्रालयले समय अभावका कारण नवौंको निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव देखिएको बताएको छ ।

राखेपले बैशाख २४ गते प्रतियोगिताको मस्कट,लोगो र नारा सार्वजनिक गरेको थियो । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रर्दशनी खेलको रुपमा रहेको छ ।

नवौंमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिएको छ । जसमा ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।

Facebook Comments