Sat. Oct 19th, 2024

मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मोहनप्रसाद तुम्वापो विजयी

विराटनगर, २०७९ जेठ ७ गते शनिबार । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख पदमा नेकपा(एमाले)का मोहनप्रसाद तुम्वापोले १२ हजार ९५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्रबहादर सुब्बाले ११ हजार १४६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका देवीमाया काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कविता पराजुलीले ११ हजार ३९० मत प्राप्त गर्नुभएको छ । उक्त पालिका-१, २, ७, ९ र १० मा एमालेका उम्मेदवारहरू वडाध्यक्षमा निर्वाचित भएका छन् भने कांग्रेसका उम्मेदवारहरू ३, ४, ५, ६ र ९ वडाको अध्यक्षमा विजयी हासिल गरेका छन् । रासस

Facebook Comments