Sat. Oct 19th, 2024

कोशी गाउँपालिका अध्यक्षमा कांग्रेसको नेतृत्व 

धरान, २०७९ जेठ ६ गते शुक्रबार । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पार्नुभएको थियो ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै अनिताकुमारी यादव निर्वाचित हुनुभएको छ ।

यसैबीच कोसी-७ मा नेकपा (माओवादी केन्द्र)बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा अध्यक्षमा विजयी हुनुभएको छ । सदाले ६११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । रासस

Facebook Comments