Wed. Dec 25th, 2024

काठमाण्डौंमा बालेन्द्र साहलाई १२ हजार २ सय १५ मतको अग्रता, लौरोको दम्दार चमत्कार

महेश भट्टराई / काठमाण्डौं, २०७९ जेठ ६ गते शुक्रबार । काठमाण्डौं महानगरपालिकाका लागि मेयरपदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको लौरोले दम्दार चमत्कार देखाईरहेको छ ।

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १२ हजार २ सय १५ मतको अग्रता लिनुभएको छ ।

साहले २६ हजार ६ सय १ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ३ सय ८६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सिर्जना सिंहले १३ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डौंमा मात्र नभएर यत्तिवेला देशका अधिकांश क्षेत्रमा र विदेशमा रहेका नेपालीहरुकाबीचमा पनि बालेन्द्र शाह र उहाँको चुनाव चिन्ह लौरोको व्यापक चर्चा भैरहेको छ ।

Facebook Comments