Thu. Apr 25th, 2024

प्रम ओली र मोदीद्वारा भिडियो कन्फ्रेसमार्फत् चेकपोस्ट समुद्घाटन

काठमाडौं, २०७६ माघ ७ गते मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्नु भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको छ । यससँगै विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) मङ्गलबारबाट सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री ओलीले करिब ४ महिना अघि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मोदीसँगै गरेको स्मरण गर्नुभयो । उहाँले आज पनि सँगै जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्ने कुरा नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धको संज्ञा हो भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०१५ मा महाविनाशकारी भूकम्पका समयमा भत्किएका भौतिक पूर्वाधार निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाइ नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments