Fri. Oct 18th, 2024

सुनिता डंगोललाई उपमेयर पदमा ४७०२ मतको अग्रता

काठमाण्डौ, २०७९ जेठ २ गते सोमबार । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले ४७०२मतले अग्रता लिनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार डंगोलले ६ हजार ५ सय ५७ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राप्रपाका विनिता मगैयाले १०७६, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले २९३ मत प्राप्त गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनले काठमाण्डौं महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले र उपमेयर पदमा एकीकृत समाजवादीले लिने सहमति गरेका थिए ।

Facebook Comments