Fri. Oct 18th, 2024

रामप्रसाद राई गाउँपालिकामा माओवादी विजयी

काठमाण्डौ, २०७९ जेठ २ गते सोमबार । भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाचित हुनुभएको छ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेलबाट माओवादीका थामबहादुर राई ३०७७ मत प्राप्त हुँदा एमालेका बलराम राई पराजित हुनुभएको हो। एमालेका बलराम राईले २८५१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका वीरेन्द्र राई ३५७७ मत ल्याएर निर्वाचित हुनुभएको छ। एमालेका कमलादेवी राईले २२१४ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकामा माओवादी र काँग्रेसको तालमेल थियो भने एमाले एकल प्रतिस्पर्धामा थियो।

Facebook Comments