Thu. Jun 11th, 2026

राहुल गान्धी पाँच दिने छुट्टी मनाउन काठमाडौंमा

       

काठमाण्डौ, २०७९ बैशाख १९ गते सोमबार । नेपालमा चुनावी माहोल चलिरहेका बेला राहुल गान्धी पाँच दिने छुट्टी मनाउन काठमाडौं आउनुभएको छ।

भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता गांधी यो समयमा नेपाल आउनुलाई महत्वका दृष्टिले हेरिएको छ। उहाँ भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बताएको छ।

उहाँ नागपोखरीस्थित होटल मेरियटमा बस्नुभएको छ। यसअघि उहाँ नेपाल आउँदा होटल र्‍याडिसनमा बस्नुभएको थियो। नेपाल भ्रमणका क्रममा गान्धी रारा अथवा मुस्ताङ भ्रमणमा जान सक्‍नुहुने स्रोतले बताएको छ।

यसअघि उहाँ २०७५ साल भदौ १५ गते पनि नेपाल आउनुभएको थियो।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read