Fri. Apr 26th, 2024

वोइङ ७५७-२०० एसीबी विमान ५ दशमलव ७१ मिलियन अमेरिकी डलरमा बिक्री हुदै

काठमाडौं, २०७६ माघ १ गते बुधबार

नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान ५ दशमलव ७१ मिलियन अमेरिकी डलरमा बिक्री गर्ने भएको छ । निगम सञ्चालनक समितिको पुस ११ मा बसेको ३१ औं बैठकले वोइङ ७५७–२०० विमानको इन्जिन र रोपेवल कम्पोनेन्ट एन्ड टुल्र्स ५ दशमलव ७१ मिलियन अमेरिकी डलरमा बिक्री गर्ने निर्णय गरेको हो ।

कारोबार अनलाईनका अनुसार वोइङ खरिदका लागि ३ कम्पनीले प्रस्ताव गरेका थिए । निगमका अनुसार बोइङ खरिदका लागि पोल्यान्डको सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्सले ५ दशमलव ७१ मिलयिन अमेरिकी डलर, अमेरिकी कम्पनीहरू एमके एभिएसनले ५ दशमलव ७० मिलयिन अमेरिकी डलर, एभियोन सिस्टम इन्सले ५ दशमलव २५ मिलयिन अमेरिकी डलर खरिदका लागि प्रस्ताव गरेका थिए ।

निगम सञ्चालक समितिले सबैभन्दा बढी खरिद प्रस्ताव गर्ने (एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्सले ५ दशमलव ७१ मिलयिन अमेरिकी डलर) कम्पनीलाई वोइङ बिक्री गर्ने निर्णय गरेको थियो । सो कम्पनीले कुल रकमको ५ प्रतिशत बैना रकमसमेत बुझाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताउनु भयो ।

निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाएको थियो । निगमले वोइङ –७५७ एसिवि गण्डकी (कलसाइन) विमानको मूल्यांकन गर्नका लागि स्वइस कम्पनी फिन्टेक ग्लोबललाई छनोट गरिएको थियो । विमानको मर्मत सम्भार गर्नका लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले गण्डकी विमान वेच्ने निर्णय निगमले गरेको थियो ।

सन् १९८० मा तत्कालीन शाही समयमा अमेरिकन वोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरिएको थियो । विमानमा १ सय ९० सिट रहेको १६ बिजनेस क्लासका सिट छन् । निगमसँग हाल ४ विमानले अन्तर्राष्ट्रिय उडानमा गरिरहेका छन् ।

Facebook Comments