Fri. May 3rd, 2024

काठमाडौंमा भव्य रुपमा मनाईयो माघी तथा मकर सङ्क्रान्ति

काठमाडौं, २०७६ माघ १ गते बुधबार

नेपालका थारु जातिको २६४३ औं नयाँ वर्ष बुधबार राजधानीमा विभिन्न झाँकीसहित मनाइयाे । मकर संक्रान्तिको दिनमा पर्ने यो नयाँ वर्षलाई थारु समुदायले माघी पर्वको रुपमा पनि मनाइने गर्दछन् ।

माघ १ गतेका दिन आ–आफ्नो पायक पर्ने ठाउँमा भेला भएर नाचगान, भेला, बैठक, तथा छलफल गरी मनाउने गर्दछन् । यसै अवसमार काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा भेला भएर माघ १ को खुशियाली मनाएका छन् ।

गोरखापत्र अनलाईनका अनुसार आफ्नो भेषभूषासहित आएका युवायुवतीले नाचगान गर्नुका साथै झाँकी प्रदर्शन गरेका थिए । टुँडिखेलमा थारु समुदायको परिकार पनि राखिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसोबास गरेका थारु समुदायले माघी महोत्सवका अवसरमा बुधबार विहान आ–आफ्ना भेषभुषा र संस्कृति झल्कने पहिरनसहित ¥याली निकालेका थिए ।

माघी पर्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुभएको थियो । यसैगरी, मगर समुदायले पनि यस दिनमा आफ्नै रहनसहनसहित यो पर्व मनाएका छन् । पर्व मनाउन उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानीमन्त्री वीना थापामगर टुँडीखेल पुग्नुभएको थियो ।

Facebook Comments