Sun. May 19th, 2024

चीन नेपालमा सबैभन्दा बढी खोप उपलब्ध गराउने देश

काठमाण्डौं, २०७८ चैत ११ गते शुक्रबार । नेपालको उत्तरी छिमेकी देश चीनले कोरोना रोकथाम तथा नियन्त्रणकालागि नेपाललाई स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको छ ।

अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप पटक-पटक गरी एक करोड ९७ लाख ३६ हजार मात्रा उपलब्ध गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपालमा हालसम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ । तीमध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ ।

नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Facebook Comments