Fri. Apr 24th, 2026

चर्च ब्वाइजविरुद्ध भगवती विजयी

       

काठमाण्डौं, २०७८ चैत ५ गते शनिबार । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा श्री भगवती क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री भगवती क्लबले चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।

भगवतीको जितमा रुपेश श्रेत्री र सुनिल श्रेष्ठले गोल गर्नु भयो । चर्च ब्वाइजका लागि राज काङ्देवाले एक गोल फर्काउनु भयो । खेलको १६ औं मिनेटमा रुपेश श्रेत्रीले पेनाल्टीमार्फत गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाउनु भयो त्यसको चार मिनेट पछि चर्चका राज काङ्देवाले बराबरी गोल फर्काए पनि ६०औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीको जित पक्का गर्नु भयो ।

जितसँगै श्री भगवतीले ६ खेलबाट १३ अंक जोडेको छ । यस्तै, समान खेलबाट चर्च ब्वाइजले ११ अंक जोडेको छ ।

Facebook Comments