Fri. Oct 18th, 2024

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

फाईल फोटो

काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उहाँले बताउनु भयो।

नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जाँदै हुनुहुन्छ । बीबीसी

Facebook Comments