Thu. Jun 11th, 2026

तेह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन सम्पन्न

       

काठमाण्डौं, २०७८ फागुन २७ गते शुक्रबार । तेह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन ११ तारिख बिहान सम्पन्न भएको छ।

अधिवेशनले सरकारको कार्य प्रतिवेदन, राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कार्य प्रतिवेदन, सर्वोच्च जन अदालतको कार्य प्रतिवेदन, सर्वोच्च जन प्रोक्युरेटोरेटको कार्य प्रतिवेदनलाई पारित गरेको छ। साथै अधिवेशनले जन गणतन्त्र चीनका विभिन्न तहका जन काँग्रेस अधिवेशन र विभिन्न तहका सरकारसम्बन्धी संगठनको कानून संशोधन गर्ने निर्णय पनि पारित गरेको छ।

अधिवेशनले चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधिको संख्या र निर्वाचन विषयको निर्णय पारित गरेको छ साथै हङकङ विशेष प्रशासन क्षेत्रको चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि निर्वाचनको नियम र मकाउ विशेष प्रशासन क्षेत्रको चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि निर्वाचनको नियमलाई पनि पारित गरेको छ।

चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि संख्या र निर्वाचन विषयको निर्णयका अनुसार, चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि सन् २०२३ को जनावरीमा निर्वाचित हुने छन्।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read