Fri. Oct 18th, 2024

युक्रेनमा १,२०० भन्दा बढी गैरसैनिक हताहत – राष्ट्रसङ्घ

काठमाण्डौं, २०७८ फागुन २४ गते मंगलबार । रुसले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता युक्रेनमा १,२०७ गैरसैनिक नागरिक हताहत भएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले दिएको छ।

तीमध्ये ४०६ जनाको मृत्यु भएको र ८०१ जना घाइते भएका हुन्। तर हताहत हुनेको सङ्ख्या “एकदम धेरै हुनसक्ने” राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त लिज थ्रोसेलले बताएकी छन्।

हवाई आक्रमण र विस्फोटक अस्त्रका कारण युक्रेनभरिका सहरमा सयौँ आवासीय भवन नष्ट हुँदा अधिकांश मानिस घाइते भएको राष्ट्रसङ्घको भनाइ छ।

मृतकमध्ये एक जना पत्रकार पनि भएको बताइएको छ। बीबीसी

Facebook Comments