Fri. Jun 12th, 2026

युक्रेनको परमाणु केन्द्रमा रुसी कब्जापश्चात् पश्चिमा नेताहरूद्वारा रुसको निन्दा

       

काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । रुसले युक्रेनमा आक्रमण गरेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र समेत निसानामा परेको छ।

युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यास्थित परमाणु केन्द्रस्थित एक भवनमा आगलागी भएपछि पश्चिमा नेताहरूले रुसले लापरवाहीपूर्ण कार्य गरिरहेको भन्दै निन्दा गरेका छन्।

आगलागी भएपनि त्यहाँ कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन्। पुटिनसँग जर्मन चान्सलरले एक घण्टा लामो फोन वार्ता गर्दैतत्काल युद्ध रोक्न आह्वान गर्नुभएको छ ।

रुसद्वारा युक्रेनमा गरिएका आक्रमणबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार